श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २६ गते आइतबार, १० मार्च २०१९ । फाल्गुण शुक्लपक्षको चतुर्थि तिथि २३ः४४ बजेसम्म, उप्रान्त पञ्च्मी, नक्षत्र अश्विनी २४ः५९ बजेसम्म, उप्रान्त भरणि, चन्द्रमाराशि मेश, सूर्योदय ६ः२६ र सूर्यास्त ६ः९ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
दैनिक कार्य व्यवसायमा विशेष लाभ मिल्ला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न हुने अवसर प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउलाा । आर्थिक संकटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाछ होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्या–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयो मिल्ला । रमाइलोमा दिन वित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गाजमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा सक्रिय भइएला । वैदेशिक यात्रागर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तम खालकोछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरुसित भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रोछ । नया“ कार्यव्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।