श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फाल्गुन २७ गते सोमबार, ११ मार्च २०१९ । फाल्गुण शुक्लपक्षको पञ्चमी तिथि २३ः४४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी २३ः५९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२१ र सूर्यास्त ६ः०९ मा हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, ले, लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा उच्चस्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलन होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्राको हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । अवरुद्ध कामकाजहरू सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यको आयोजना हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । लामो दूरीको यात्रामा नजा“दा नै उत्तम हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । शुभसमाचार सुन्नाले मन प्रसन्न बन्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्धु–बान्धव तथा साथीभाइहरूबाट उचित सहयोग मिल्ला । नसोचेको ठाउँबाट धनागमन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रबाट विभिन्न स्थानको भ्रमण हुनेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।