श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फागुन २९ गते बुधबार, १३ मार्च २०१९ । फाल्गुण शुक्लपक्षको सप्तमी तिथि २३ः०४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी २३ः५४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२० र सूर्यास्त ६ः१२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । पठन–पाठन तथा लेखनकार्यमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीर अस्वस्थ रहला । खानपिनमा विशेष सावधानी अपनाउनु होला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि आगमन होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिलामित्रको विशेष सहयोग प्राप्त भइरहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । नयाँ कार्यको शुभारम्भ होला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । महिलामित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।