श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ फागुन ३० गते बुधबार, १४ मार्च २०१९ । फागुन शुक्लपक्षको अष्टमी तिथि २२ः५४ बजेसम्म, उप्रान्त, नवमी नक्षत्र मृगशिरा २३ः५४ बजेसम्म, उप्रान्त आर्पा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१६ र सूर्यास्त ६ः१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
जग्गाजमिन तगा भवन सम्बन्धि काममा मन जानेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालकाे छ । पेट तथा नशा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्यामामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रामा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठनपाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आंखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मित्रमिलनको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक संकटको सामना गर्नुपर्ला । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्नेछ । अनावश्यक काममा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामुलक कार्यक्रममा संलग्न भइएला राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । लाभदायी यात्राको अवसर मिल्ला ।