श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल, ने. सं. ११३९ चैत्र १ गते शुक्रबार, १५ मार्च २०१९ । फागुन शुक्लपक्षको नवमी तिथि २१ः१० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र आद्र्रा २३ः२९ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१६ र सूर्यास्त ६ः१३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्राभूषणको योग देखिन्छ । यात्रामा सजग रहनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिष्ठान्न भोजन प्राप्त हुनेछ । औद्योगिक क्षेत्रको भ्रमण होला । साथीभाइसँग रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन तथा तत्जन्य व्यवसायबाट राम्रै आम्दानी होला । छोटो तथा एक्लो यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साना–तिना कुरामा अल्झिनु पर्ला । आत्मसन्तुष्ट नहोला । पूर्वाद्धभन्दा उत्तराद्ध सुखप्रद हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु बढेर जालान् । अनावश्यक तनावले सताउला । ऋण बढेर जानेछ । विचार गरेर खर्च गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य प्रतिकूल रहला । पेट तथा छातीसम्बन्धी समस्याले सताउनेछ । प्रेमी–प्रेमीकाका बीच मनमुटाव हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक तथा सामाजिक कार्यमा मन जाला । शुभकार्यको चर्चा परिवारमा चल्नेछ । कार्य सफल होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा प्रगति हुनेछ । अनावश्यक खर्च बढ्ला । नजिकका व्यक्तिबाट कार्यमा वाधा हुनेछ । प्रेमपक्षमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एउटै कामबाट दोहोरो लाभ होला । साथीभाइको सहयोगले कार्य सफल हुनेछ । जोस, जाँगर बढेर जाला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनुहारमा कान्ति र मनमा शान्ति होला । नयाँ कार्यको थालनी होला  । पशु व्यवसायमा आय–आर्जन बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजिकका मित्रसँग भेट हुनेछ । गरेका कार्यबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति होला । प्रेममा सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रैखालको छ । काममा आलश्यता देखा परे पनि काम पूर्ण हुनेछ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ ।