श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ३ गते आइतबार, १७ मार्च २०१९ । फागुन शुक्लपक्षको एकादशी तिथि १६ः४९ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र तिष्य २०ः४९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१४ र सूर्यास्त ६ः१२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
सामान्य कुराले तनावको श्रिजना गराउनेछ । छोटो तर पीडादायक यात्रा होला । खर्च बढेर जाने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा लगनशील रहनु होला । प्रेम सम्बन्धका लागि श्रेष्ठ समय आएकोछ । राम्रो कार्यको योगछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा संस्कृतिक क्षेत्रमा रुची जाला । कला तथा गलाको प्रभाव बढेर जाने देखिन्छ । प्रेममा सफल भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समग्रमा दिन मध्यम बित्नेछ । काम गर्ने जोस जा“गर बढे पनि अपजस बेहर्नुपर्ला । नयाँ साथी बन्ने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै माङ्गलिक कार्यमा सरिक भइएला । सफलताको महसुस हुनेछ । नयाँ कार्यको थालनी हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रु पराजित होलान ।धार्मिक स्थानको यात्रा हुनेछ । दैनिक क्रियाकलापमा बढुवा हुने तथा जोस बढेर जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य चोटपटक लाग्न सक्नेछ । लगानि अनुसार प्रतिफल हात नलाग्ला । परिवारिक कलहको सामना गर्नुपलां ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा राम्रै आम्दानी होला । पशुचौपायमा भने घाटा लाग्नेछ । सामान्य मनमुटाबले मन खिन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कार्यको बोझले शारीरिक आलस्यता बढ्नेछ । सानो कुराले पनि चिन्ता बढाउला । शिक्षाभने राम्रै देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
इच्छाएका व्यक्तिहरुबाट धोका हुनेछ । कार्य सम्पन्न गर्न कठीनाई बेहोर्नुपर्ला । प्रेममा भने सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यमा सरिक हुनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा खासै प्रगति नहोला । सही समयमा सही निर्णय गर्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशासनिक कार्यका अल्झन समाप्त भएर जानेछन् । मानसिक तनाव घटे पनि शारीरिक आलस्यता बढेर जाला ।