श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ४ गते सोमबार, १८ मार्च २०१९ । फागुन शुक्लपक्षको द्वादशी तिथि १४ः४९ बजेसम्म, उप्रान्ता त्रयोदशी नक्षत्र अश्लेषा १९ः४९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१३ र सूर्यास्त ६ः१२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अध्ययन–अध्यापनका क्षेत्रमा प्रगतिको खबर सुन्न पाउन हुनेछ । महिला वा मित्रहरुको सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्धामामिलाको सामना गर्नुपर्ला । मनमा दोधारमा रहला । आयआर्जनका बाटाहरु बन्द होलान् । दिन सामान्य छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नै क्षमतामा विभिन्न कार्य सम्पन्न होला ।नया“ क्षेत्रमा आफ्नो प्रभूत्व कायम गरिएला ।श्रमको उचित मुल्याङ्कन होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तहरुको सहयोग प्राप्त हुनेछ । बौद्धिकताको विकास होला । वैदेशिक कार्यको उलझन सुल्झिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा राम्रै लाभहोला । विपरित लि·ीको सहयोग प्राप्त होला । सामाजिक कार्यमा मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सामान्यखालको छ । मानसिक उद्वेग उत्पन्न हुनेछ । काममा अनावश्यक अपजस बेहोर्नु पर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पशुचौपायबाट मध्यम खालको मात्र आम्दानिहोला । नसोचेको धन खर्च हुनेछ । पति–पत्नी विच मनमुटाव हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिनको उत्तराध्र्दमा चोर भय तथा चोटपटकको भय देखिन्छ । वैदेशिक क्षेत्रका कामहरु अधुरै रहलान् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक कार्यमा खर्च हुनेछ । व्यापार–व्यवसायमा राम्रै आम्दानि रहला । वैदेशिक यात्रा हुनेछ । प्रेम पक्ष भने सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्धामामिलामा फस्न सक्नुहुनेछ । शत्रु पराजित होलान् । आर्थिक दृष्टिले आजको दिन उत्तम देखिन्छ । प्रेममा सफलता प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य प्रतिकुल रहला । काम गर्ने जोस, जाँगर घटेर जाला । सञ्चित धन नष्ट होला । अध्ययनमा भने प्रगति होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा माङ्गलिक कार्य सम्पन्न होला । नसोचेको धन खर्च हुनेछ । मन भने शान्त रहला ।औधोगिक क्षेत्रको यात्रा हुनेछ ।