श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ७ गते बिहीबार, २१ मार्च २०१९ । फागुन शुक्लपक्षको पूर्णिमा तिथि ०७ः३२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी १४ः२४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः१० र सूर्यास्त ६ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
सामाजिक क्षेत्रमा मन जाला । वैदेशिक क्षेत्रमा लगानी हुने देखिन्छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
औद्योगिक क्षेत्रका मानिसका लागि आजको दिन उत्तम देखिन्छ । व्यापार–व्यवसाय फष्टाएर जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नसोचेका मानिसहरूबाट सहयोग प्राप्त हुनेछ । नयाँ साथी बन्ने अवसर प्राप्त होला । छोटो दूरीको यात्राको हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्यार्थीवर्गका लागि आजको दिन सामान्य रहनेछ । परिणाम नकारात्मक हुनेछ । छोटो दूरीको यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन मध्यम्खालको छ । शारीरिक आलश्यता बढेर जाला । जागिरमा भने पदोन्नति हुने योग देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायिक व्यक्तिहरूका लागि आजको दिन राम्रो छैन । पशुचौपाया तथा कृषि व्यवसायमा पनि त्यति राम्रो देखि“दैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिष्ठान्न भोजनको अवसर प्राप्त होला । आयआर्जनका मार्गहरू प्रशस्त हुनेछन् । रमणीय तथा सुखद् यात्रा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य चोटपटकको भय देखिन्छ । काम गर्दा सजग रहनु होला । लगानी अनुसारको प्रतिफल प्राप्त नहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होला । विपरीतलिङ्गीको सहयोगले मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भोगविलास तथा अत्याधुनिक सामानमा खर्च बढेर जानेछ । नया“ साथीभाइस“ग मित्रता बढेर जाला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेतीपातीका कामबाट राम्रै आम्दानी होला । दैनिक काममा भने अपजस खेप्नुपर्ला । दिन मध्यम्खालको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक क्षेत्रका कामहरू त्यति राम्रो देखिन्न । मनमा चिन्ता बढेर जाला । व्यापार व्यवसायमा राम्रै आम्दानी होला ।