श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १० गते आइतबार, २४ मार्च २०१९ । चैत्र कृष्णपक्षको चतुर्थी तिथि २३ः३२ बजेसम्म, उप्रान्त पंञ्चमी नक्षत्र स्वाती ११ः३१ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०६ र सूर्यास्त ६ः१६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जग्गाजमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थानको भ्रमण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्यव्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्कापट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । विछोडिएका साथीभाईहरुसित रमाइलो भेट एवं खानपिन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । बन्न लगेको काममा अवरोध हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानानतरण हुनेछ । मिष्ठान्न भोजन प्राप्तहुने समारोहमा सरिक होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिन तथा भवन सम्बन्धी काममा विशेषलाभ मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मनजानेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । रमाइलो वातावरणमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक यात्राको योग छ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुनेछ । आर्थिक लाभ मिल्ने छ ।