श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १३ गते बुधबार, २७ मार्च २०१९ । चैत्र कृष्णपक्षको सप्तमी तिथि २३ः३२ बजेसम्म, उप्रान्त अष्टमी नक्षत्र ज्येष्ठ १२ः१९ बजेसम्म, उप्रान्त मुल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०२ र सूर्यास्त ६ः१्८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । गरेको काममा केहि समस्या आइपर्नसक्छ । विश्वास पात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जग्गाजमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कायक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको कामबाट विशेष लाभ मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । अशुभ समाचारले मन खिन्न होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नजिकका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्मकर्म तथा सामाज सेवामा मन जानेछ ।राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । शुभसमाचार सुन्नीनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहर सुचारु हुनेछन् । महिला मित्रको सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा समाजीक क्षेत्रबाट मान सम्मान मिल्ला । मायाप्रेमको सम्बन्ध विस्तार होला । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रोछ । प्राविधिक काममा सफलता मिल्नेछ । दाम नाम र इज्यत कमाउने वेलाछ । मन प्रसन्न रहेला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्तहुनेछ । धरपरिवामा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।