श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १४ गते विहिबार, २८ मार्च २०१९ । चैत्र कृष्णपक्षको अष्टमी तिथि २३ः३२ बजेसम्म, उप्रान्त नवमी नक्षत्र मूल १३ः३४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः०१ र सूर्यास्त ६ः१८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ती छाउला । व्यापार व्यवसाय राम्ररी प्रस्टाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणिय र सुखद यात्राको योगछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपादिको व्यापार व्यवसायमा मन जानेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मायाप्रेममा विस्तार होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्कापट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रको आयोजना होला । मित्रमिलनको योगछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो कार्य क्षेत्रमा प्रभुत्वजमाउन सकिएला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय समान्यखालकोछ । विश्वासपात्रबाट धोका हुनसक्छ । अर्काको भरमा कुनैपनि काम नछाड्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला । अतिथी सेवा गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । मिष्ठान्न भोजन प्राप्तहुने समारोहमा सरिक भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान प्रतिष्ठामा वृद्धिहोला । आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिएला । साथीभाइको सहयोग प्राप्त भइरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्कापट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाई तथा आफन्तको सहयोगमा नयाँ कामको शुभारम्भ होला ।