श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १६ गते शनिबार, ३० मार्च २०१९ । चैत्र कृष्णपक्षको दशमी तिथि २३ः३२ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र उत्तरषाढा १७ः२५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५८ र सूर्यास्त ६ः१९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
वैदेशिक लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मानसिक पीडाकम भएर जानेछ । व्यापारी वर्गका लागि समय उत्तम छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भोग विलासी सामग्रीमा धन खर्च हुनेछ । कृषि व्यवसायमा राम्रै आम्दानी होला । मानसिक चिन्ता भने बढ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक प्रतिष्ठामा वृद्धिहोला । धार्मिक कार्यमा मन जाला । पारिवारिक सदस्यको खुसी प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विचार पु¥याएर कार्य गर्नुहोला । प्रिय व्यक्तिबाट धोका हुन सक्छ । दैनिक काम कार्यमा सफलता प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विपरित लिङ्गीको सहयोग प्राप्त होला । मानसिक सन्तुष्टि प्राप्त होला । प्रशासनिक कार्यको उल्झन सुल्झिएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक प्रतिष्ठामा आ“च आउला । पति–पत्नी बीचको सम्बन्ध प्रगाढ भएर जाला । वैदेशिक यात्राको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नसोचेका व्यक्तिबाट धोका हुनसक्छ ।काममा विनासितत्त अप्जस खप्नुपर्ला । ऐतिहासिक क्षेत्रको अध्ययनमा मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । विषयवस्तुको ज्ञानविना कुनैपनि क्षेत्रमा प्रवेश नगर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कार्य सहजै सम्पन्न भएपनि शारीरिक आलश्यता प्राप्त हुनेछ । धनार्जनमा बढी परिश्रम गर्नुपर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पति–पत्नीबिचको सम्बन्ध प्रगाड भएर जानेछ । जीवन निर्वाहका नया“ बाटाहरु खुल्न सक्छन् । जागिरका क्षेत्रमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पदोन्नतिको समय आएको छ । मन हर्षित होला ।काम गर्ने जोस जा“गर र उल्लास बढेर जानेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक समस्या देखाएर काममा ढिला सुस्ति हुनेछ । नचाएदो काममा लागेर समय वर्वाद हुनेछ ।प्रेम सफल हुनेछ ।