श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १७ गते आइतबार, ३१ मार्च २०१९ । चैत्र कृष्णपक्षको एकादशी तिथि अहोरात्र २३ः३२ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र श्रवण १९ः५१ बजेसम्म, उप्रान्त अनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५८ र सूर्यास्त ६ः२० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आटेका ताकेका कामहरु पुरा होलान् । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक पक्षमा भने घाटाहोला । दिन मध्यमखालकोछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक प्रतिष्ठित व्यक्तिको सहकार्यले कामगर्ने जोस बढ्ला । पढाई–लेखाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक खर्च बढेर जाला । मन भावुक तर उत्ताउलो बन्ने देखिन्छ । दैनिक कार्यहरु सहजै सम्पन्न नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रिय व्यक्तिबाट दैनिक कार्यमा बाधा आइपर्नेछ । नसोचेको यात्राहोला । विपरित लिङ्गीको सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ हुनेछ । बन्धुबान्धबबाट राम्रै सहयोग प्राप्त होला । औद्योगिक क्षेत्रको भ्रमण हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य सम्बन्धी समस्या बढेर जाला । नयाँ नयाँध् साथीबन्ने योग छ । वैदेशिक क्षेत्रका कार्यहरु सफता भएर जानेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक आकर्षण बढेर जाला । दैनिक कार्यका कामहरु सहजै सम्पन्न होलान् । छोटो दूरीको यात्रा हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीमा विचार पुर्याउनु होला । शत्रुपक्ष सबल देखिन्छन् । मिष्ठान्न भोजन हुने देखिन्छ । समग्रमा दिन मध्यम्खालको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारीरिक आलस्यता बढ्ने छ । मनमा धैर्यता राख्नु होला । पतिपत्नी विचको सम्बन्ध सुमधुर बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पशुचौपाय तथा तत्जन्य व्यवसायबाट राम्रो आम्दानि होला । प्रशानिक व्यक्तिहरुका लागि आजको दिन उत्तम देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सन्तान पक्षको खुसीको खबर सुन्न पाइनेछ । सामाजिक क्षेत्रका कामहरु सुल्झिने छन् । परिश्रमले मात्र सफलता प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि कार्यमा समस्या देखा पर्नेछ । विद्यार्थी तथा कर्मचारीका लागि आजको दिन उत्तम देखिन्छ । प्रेम पक्षमा भने प्रगति हुनेछ ।