श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १८ गते सोमबार, १ अप्रिल २०१९ । चैत्र कृष्णपक्षको एकादशी तिथि ६ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र धनिष्ठा २२ः२७ बजेसम्म, उप्रान्त सतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५७ र सूर्यास्त ६ः२० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
काम गर्ने जोस, जाँगर र हिम्मत बढेर जाला । एउटै काममा समय बढी खर्च हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धातुसम्बन्धीको लगानीमा समस्या देखा पर्ला । व्यापारिक घरानाका व्यक्तिहरूमा समस्या देखा पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उच्च व्यक्तिहरूको सङ्गत प्राप्त होला । नयाँ काममा मन जाने देखिन्छ । सांस्कृतिक क्षेत्रको अध्ययनमा मन जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विषयसम्बन्धी दक्षता प्राप्त हुनेछ । कामकाज सहजै सम्पन्न होला । वैदेशिक रोजगारीका समस्या सुल्झेर जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा ढिलासुस्ती हुनेछ । दिनको उत्तराद्र्धमा केही समस्या भोग्नु पर्ला । मन खिन्न रहने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि व्यवसायीहरूका लागि आजको दिन उत्तम देखिन्छ । प्रशासनिक कार्यमा उल्झनहरू सुल्झिएर जानेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वस्त्राभूषण प्राप्त हुनेछ । रमाइलो अनुभूति होला ।आजको दिन सामान्य तरिकाले व्यतित हुनेछ । यात्रा सफल होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायीवर्गका लागि आजको दिन उत्तम देखिन्छ । महिलावर्गका लागि स्वास्थ्य समस्या देखापर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थाहै नपाई दिन बित्नेछ । अधुरा कामकाज त्यस्तै रहलान् । प्रियजनस“ग झगडा पर्ला । मानसिक असन्तुष्टि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनका क्षेत्रमा त्यति राम्रो देखिँदैन । दैनिक कार्यहरू भने सहजै सम्पन्न होलान् । प्रेमपक्ष भने राम्रै छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
असहज परिस्थितिको सामना गर्नु पर्ला । अतिथि सत्कारमा सरिक भइएला । नौलो अनुभव प्राप्त हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सांस्कृतिक कार्यक्रममा सहभागी भइएला । आद्योगिक क्षेत्रको भ्रमण होला । दैनिक कार्यमा भने नचाहिँदो अपजस खप्नु पर्ला ।