श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र १९ गते मङ्गलबार, २ अप्रिल २०१९ । चैत्र कृष्णपक्षको द्वादशी तिथि ८ः५३ बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र शतभिषा२५ः०३ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५७ र सूर्यास्त ६ः२१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जिद्धीपनाले गर्दा काम बिग्रने डरछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा खर्च हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरकारी निकायको भय रहला । गरेका कामबाट राम्रै लाभ हुनेछ । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन मध्यमखालको छ । काम गरे जस्तो जस नपाइएला । भोग विलासका सामग्रीमा खर्च बढ्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा माङ्गलिक कार्यको योजना बन्ला । काम गरे जस्तो प्रतिफल प्राप्त हुनेछ । प्रेमपक्षमा सफलता प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा मन जानेछ । व्यापारिक वर्गहरुमा घाटा हुने देखिन्छ । सन्तान पक्षबाट भने सन्तोषजनक लाभ होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दुरीको यात्रा हुनेछ । नयाँ साथीभाइ बन्ने देखिन्छ । मिष्ठान्न भोजन होला । शारीरिक स्फुर्ति बढेर जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद यात्राको योग देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक कार्यहरु सफल होलान् । लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । घाँटी सम्बन्धी समस्याले सताउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेममा धोका हुने देखिन्छ । वैरभावको उत्पन्न होला । पारिवारिक कलह हुन सक्छ । बोल्दा विचार पुर्याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउला । महिला वर्गबाट विशेष सहयोग प्राप्त होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक हिसावले आजको दिन उत्तमछ । नसोचेका धनलाभ होला । डुवेको धन समेत प्राप्त हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनुशासित भएर काममा लागे सफलता मिल्नेछ । नयाँ स्थानको रमणीय यात्रा हुने देखिन्छ । अध्ययनशील हुनु होला ।