श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २० गते बुधबार, ३ अप्रिल २०१९ । चैत्र कृष्णपक्षको त्रयोदशी तिथि १०ः५४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वभाद्रपदा २३ः२८ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५६ र सूर्यास्त ६ः२१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
नयाँ ज्ञान आर्जन गर्ने मौका मिल्नेछ । धार्मिक कार्यमा सहभागी बन्नु पर्नेछ । मन हर्षित रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम हातलाग्ने देखिन्छ । लाभहानि,आय–व्यय, दुःख–सुख बराबर हुने समय आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ रोजगारको बाटो खुल्नेछ  ।अप्रत्यासित धनार्जन होला । रमाइलो तथा छोटो दूरीको यात्रा हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सद्विचारले काममा अभिप्रेरित हुनुहोला  । आत्मबलमा कमी आउला । दिन सामान्य रूपमा बित्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय लिने क्रममा दुविधामा फस्नु होला  । सही समयको सही निर्णयले मात्र भविष्यमा राम्रो आम्दानी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक रोजगारीका अवसर जुट्ने देखिन्छ । सामान्य व्यक्तिबाट नसोचेको सहयोग हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तजनस“ग भेटघाट होला । नयाँ स्थानको भ्रमण हुनेछ । गरेका कामबाट राम्रै आम्दानी हुनाले मन हर्षित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान आर्जन गर्ने समय आएको छ । सामान्य कार्यमा दिन बित्नेछ । परिवारमा माङ्गलिक कार्य होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
माङ्गलिक कार्यमा सरिक भइएला । समाजमा आफ्नो स्थान बनाउन सफल भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिला आदिको फैसला हुनेछ । मानसिक तनावले सताउला । पेट तथा छातीको समस्याले सताउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विलासी तथा शृङ्गारका सामग्रीमा खर्च बढ्ला । आजको दिन हा“सखेलमै बित्ला । उच्च पदस्थ व्यक्तिहरूसँग भेट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरेलु काममा दिन बित्नेछ । अनावश्यक चिन्ता बढेर जाला । वैदेशिक रोजगारीको अवसर जुट्ला ।