श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २२ गते शुक्रबार, ५ अप्रिल २०१९ । चैत्र कृष्णपक्षको औसी तिथि १४ः०७ बजेसम्म, उप्रान्त प्रतिपदा नक्षत्र रेवती अहोरात्र २३ः२८ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५५ र सूर्यास्त ६ः२२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सामाजिक प्रतिष्ठामा आँच आउने देखिन्छ । सामुहिक लगानीमा समस्या पर्ला । आवश्यक समाग्रीमा खर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक तथा सास्कृतिक कार्यक्रममा सहभागि भइएला । सामान्य सोचेका व्यक्तिहरुबाट धोखा हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विपरित लिङ्गीको सहयोगले नयाँ काम हात लाग्नेछ । मुद्यामामिला जस्ता अदालतिकाममा भने असफल होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मानसिक चिन्ता बढेर जानेछ । सामाजिक प्रतिष्ठित व्यक्तिहरुबाट राम्रै सहयोग प्राप्त होला । पति–पत्नीको सम्बन्ध सुध्रेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पशुचौपाय तथा तत्जन्य व्यवसायबाट राम्रै आम्दानि हुनेछ । वैदेशिक कार्य सफलताका साथ सिद्ध होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा नचाईदो अपजस खेप्नुपर्ला । आलश्यता बढ्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूल रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्किक तथा पुरातात्विक क्षेत्रको अध्ययनमा रुचि बढ्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि होला । प्रेम पक्ष भने कमजोरछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शारिरीक समस्याले सताउला । खोज–अनुसन्धानमा मन जानेछ । विपरित लिङ्गीको सहयोगले कार्य सफल होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिनाकरण अपजस खेप्नुपर्ला । अनावश्यक चिन्ता बढ्नेछ । सामाजिक कार्यमा बोध उत्पन्न होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आधुनिक शिक्षा सम्बन्धी रुचि बढेर जाला । स्वास्थ्य अनुकुल नरहला । पति–पत्नी बिचको सम्बन्ध सुमधुर हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पशु तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानी हुनेछ । दिनको पूर्वार्धमा नै केही अप्रिय समाचार सुन्नु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समग्रमा दिन मध्यमखालको छ । प्रिय व्यक्तिबाट विछोडिनु पर्ला ।आ“टेका काममा राम्रै लगानि प्राप्त गरिनेछ ।