धनकुटा/ गुराँसको राजधानी भनेर विश्वभर परिचित तीनजुरे, मिल्के, जलजले क्षेत्रमा रमाउन हिडेका विश्वरभरका करिव ३ सय पर्यटक धनकुटाको हिलेमा ३ दिन देिख अल्पत्र परेका छन् ।
शक्तिपिक म्यूजिक फेष्टिभल प्रा.लि. काठमाण्डौको आयोजनामा संखुवासभा र तेह्रथुमको संगमस्थल मादी नगरपालिका वडा नं.१ स्थित् चौकीमा शुक्रवारदेखि शुरु हुने ७ दिने अन्तराष्ट्रिय सांगितिक महोत्सवमा सहभागी हुन आएका पर्यटकहरुलाई स्थानिय प्रशासनले रोक लगाएपछि उनीहरु अल्पत्र परेका हुन् ।
आयोजक संस्थाले कोसी पहाडी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संखुवासभा र तेह्रथुमको सिमनामा पर्ने चौकी, मंगलवारे र गुफामा रहेको १ सय ५० होम स्टे वुक गरेको थियो । कार्यक्रममा सहभागी हुने हरेक पर्यटकलाई जनही २ हजारको दरले होम स्टेमा ५ दिनको लागी खाने वस्ने वुक गरेर ३ सय वाह्य पर्यटकलाई व्यावस्थापन गरेको संस्थाका अध्यक्ष सुवास केसीले वताए । उनले कार्यक्रम स्थलमा १ महिना देखि फ्रान्सवाट आएका ७ जना कलाकारहरुले काम गरिहेको वताउँदै स्थानिय व्यावस्थापन र ट्राभल फिसहित २५ लाख भन्दा वढी खर्च भैसकेको वताए ।
८० देशका पर्यटकहरुलाई टिमएजे क्षेत्रमा जान सिडियोले रोके
केसीले विश्वका ७२ देशका डिजे कलाकारहरु, गायन, संगित र नृत्य गरी १ सय जनाले फोरेष्ट लाईभ कन्सर्टमा आ–आफ्नो प्रश्तुती देखाउने कार्यक्रम रहेको र ८० देशका पर्यटकले अवलोकन गर्ने वताए । उनले सो अवसरमा अन्तराष्ट्रिय पर्यटकहरुलाई नेचर क्याम्पिङ्ग, नेचर मेडिटेशन, योगा र हिलिङ्गमा समेतको प्रत्यक्षरुपमा सहभागि गराइने वताए । कार्यक्रममा भाग लिनको लागी वेलायत, अमेरिका, अष्ट्रेलिया, श्रीलंङ्गका, वंगलादेश, भारत, कोरिया, जापान, दक्षिण कोरिया,नेदरलेण्ड, म्यान्मार, चिन, जर्मनी, क्यानाडा, फान्स, सिंगापुर, गल्फ कन्ट्री लगायतका पर्यटक सहभागी रहेको केसीले वताएका छन् । अध्यक्ष केसीले नेपाल सरकार गृह मन्त्रालय, मादी नगरपालिका कार्यालयलाई कार्यक्रमको जानकारी गराएर स्वीकृत लिएर आयोजना गरेको भए पनि स्थानिय प्रशासनले विभिन्न वहाना वनाएर रोक लगाएको आरोप लगाएका छन् । उनले स्वदेशी तथा विदेशी पर्यटन प्रवद्र्धन गर्न तथा स्थानिय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शक्ति पिक नेपालले कार्यक्रम आयोजना गरेको वताए ।
तर स्थानिय प्रशासनले भने अनैतिक, अश्लिल् र गैह्रकानुनी गतिविधि हुने भन्दै स्थानिय सरकार मादी नगरपालिका र गृह मन्त्रालयले दिएको स्विकृतिलाई चुनौती दिदै कार्यक्रम आयोजना गर्न रोक लगाएको हो । कार्यक्रम स्थल संखुवासभा जिल्लामा पर्ने हुनाले रोक लगाइएको प्रजिअ गणेश अधिकारीले वताए । उनले कार्यक्रम गर्न रोक लगाउँदा लगाउँदै जवर्जस्ती गरे प्रशासनले हस्तक्षेप गर्ने वताए । उनले घुम्नको लागी पाउने तर पर्यटक भएर घुम्ने नाममा लागु औषध प्रयोग गर्ने, डान्सपार्टीसंगै सेक्स गर्ने जस्ता गतिविधि नेपाली समाजका लागी पाच्य नहुने भएकाले पनि रोक लगाइएको प्रजिअ अधिकारीले बताए ।
अन्तराष्ट्रिय पर्यटक संखुवासभा आउने भए पछि मादि नगरपालिकाको विभिन्न वडामा वसोवास गर्ने वडावासी भने पर्यटकलाई स्वागत गर्न सयौंको संख्यामा वसन्तपुरको टुटे देउरालीमा उपस्थित् भएका थिए । तर उनीहरुले पर्यटकलाई स्वागत गर्न भनेर फुलको गुच्छा र माला हातमा लिएर घण्टौंसम्म जाडोमा वसे पनि स्वागत गर्न नपाई प्रहरीले उनीहरुलाई गाडीवाट वाहिर निस्कन नदिई धनकुटा तर्फ फर्काएको नगर प्रुमख विदुर सुव्वा लिङ्गथेपले वताए । उनले वडा नं.९ का वडाध्यक्ष एवं पर्यटन व्यावसायी पासाङ्ग शेर्पाको कमाण्डमा अतिथिहरुको सत्कारको लागी सम्पुर्ण तयारी पुरा गरेको भए पनि सफल नभएको वताए ।
टेन्ड टागेर भोकै सुते पर्यटकहरु
शुक्रवार विहान ११ वजे कार्यक्रममा भाग लिनको लागी विभिन्न देशवाट आएका करिव ३ सय भन्दा वढी पर्यटक तेह्रथुमको वसन्तपुर स्थित् टुटे देउराली पुगेका थिए । कार्यक्रममा भाग लिन आएको स्थानिय प्रशासनले थाहा पाएपछि उनीहरुलाई प्रहरीले धनकुटा तर्फ फर्काएको थियो । धनकुटा फर्कने क्रममा उनीहरु हिले स्थित् होराईजन रिसोर्ट वास वस्ने क्रममा होटल संचालक मार्फत व्यवस्थापन हुन नसक्दा अलपत्र परेका हुन् । होटलमा आएका पर्यटक लजमा नआटेपछि अधिकांश टेन्ट टाँगेर चौरमा सुतेका थिए । खानको समेत व्यावस्थापन नभै भोकै वस्नु परेको अमेरिकावाट कार्यक्रममा सहभागी हुन आएका चाउलले वताए । उनले आफुहरुलाई आयोजकले कार्यक्रमको लागी भनेर शुल्क लिएको तर कार्यक्रममा पुगेर भाग लिन नपाउँदा दुःख लागेको वताएका छन् । उनी जस्तै कार्यक्रममा भाग लिन विश्वभरवाट आएका पर्यटकहरुले स्थानिय प्रशासनको कदम प्रति दुःख लागेको वताए ।
पर्यटन वर्ष २०२० को मुख्य भिजन र मिसन असफलको संकेत
उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले विश्वका विभिन्न मुलुकवाट आएका पर्यटकलाई निर्वाद रुपमा टिएमजे क्षेत्रमा कार्यक्रम गर्न दिनु पर्ने वताए । उनले पर्यटकले के गर्छन के गर्दैन्न भन्ने भन्दा पनि नियम विपरित काम गरे अनुगमन राज्यले गर्नु पर्ने वताए । कार्यक्रम स्थल मै पुग्न नपाई पर्यटकले यो गर्छन र त्यो गर्छन भन्दै मनगणन्ते कुरा गरेर पर्यटक वाटो विचैवाट फर्काउनु मानविय हिसावले न्यायोचित नभएको वताए । उनले के गर्न हुने, के गर्न नहुने हेर्ने काम स्थानिय प्रशासनको भएको वताए । उनले अघिल्लो वर्ष कार्यक्रम गर्न दिने यो वर्ष नदिने भन्ने नहुने भन्दै निर्वाद रुपमा पर्यटकलाई सो क्षेत्रसम्म पु¥याउने वातवरण वनाई दिन स्थानिय प्रशासनलाई आग्रह गरेका छन् । स्थानिय प्रशासनले यस्तै रवैया देखाईरहने हो भने नेपाल सरकारले अघि सारेको पर्यटन वर्ष २०२० को मुख्य भिजन र मिसन पुरा नहुने वताए ।
कार्यक्रम गर्न नदिएको भन्दै रिट दायर
यता शक्तिपिक म्यूजिक फेष्टिभल प्रा.लि.ले आफ्ना सयौं पर्यटकलाई गन्तव्यसम्म पुग्न नदिई विच वाटोमा अलपत्र पारेको भन्दै उच्च अदालत धनकुटामा जिल्ला प्रशासन कार्यालय खाँदवारी र जिल्ला प्रहरी कार्यालय खाँदवारीलाई विपक्षि वनाई रिट दायर गरिएको छ । रिट निवेदनमा अन्तरिम आदेश सहित निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भनी प्रा.लि.का वादी वर्ष ७० का धनकुटा–६ वस्ने वर्ष ७० का मानप्रकाश खड्काले रिट दाहेर गरेका हुन् ।