श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २४ गते आइतबार, ७ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको द्वितीया तिथि १५ः३४ बजेसम्म, उप्रान्त हरीण्या नक्षत्र अश्विनी ८ः३३ बजेसम्म, उप्रान्त भरणि, चन्द्रमाराशि मेष, सूर्योदय ५ः५० र सूर्यास्त ६ः२४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछ । सानो कामबाट ठुलै उपलब्धि हासिल हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार र प्राप्तिका लागी निकै संघर्ष गर्नुपर्ला । आर्थिक कारोबारमा केहि समस्या आइपर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रोछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मातृ पक्षको सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन लाग्नेछ । मातृ पक्षको विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन लाग्नेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा शरिक भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकस्मिक धन लाभहुनेछ । अरुको मन जीतेर आफ्नो काम सफल बनाउन सकिएला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष र उम· छाउला । माया प्रेमको सम्बन्ध बिस्तार होला । विछोडिएका साथीहरुसित रमाइलो भेट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सून्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । शुभ कार्यको चर्चा चल्नेछ । परोपकार तथा धार्मिक क्षेत्रमा सक्रिय भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा मन जानेछ । पारिवारिक जीवनमा खुसीयाली छाउने छ ।