श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २५ गते सोमबार, ८ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको तृतीया तिथि १५ः३२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी ९ः१८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः२४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । राज्यपक्षबाट मान–सम्मान प्राप्त हुनेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा मन जानेछ । प्रेम र मित्रताको सम्बन्ध विस्तार होला । घरमा शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम्खालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनको क्षेत्रमा विशेष लाभ मिल्ला । छोटो दूरीको लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलो वातारणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।