धरान / नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्ने उद्देश्यले ‘एमके डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ’ खेल आयोजना हुने भएको छ ।

वैशाख २८ गते रिङ रेस्लिङ सङ्घले डिस होमको सहकार्यमा काठमाडौंस्थित त्रिपुरेश्वर कभर्डहलमा च्याम्पियनसिप गर्न लागेको हो । प्रतियोगितामा ६ देशका उत्कृष्ट रेस्लरहरू सहभागी हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोगमा हुने प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इङ्ल्याण्ड, हङकङ र न्यूजिल्याण्डका खेलाडीहरूबीच स्पर्धा हुने भएको हो ।

नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले स्पर्धा गर्दै छन् । अमेरिकाबाट एस सिल्भा जेडा, जोम्बिइ ड्रागन, अङ्कन मनी छन् । बेलायतबाट बिग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्लयाक माब्बा, हङकङबाट के सी, चियरम्यान, एएल, मिचेल र न्यूजिल्याण्डबाट टोमी कम्ब्याट भिडन्त गर्दै छन् ।

प्रतियोगितामा दुई वटा बेल्ट विजेता घोषणा गरिने आयोजकले जनाएको छ । जसमध्ये वेल्ट एण्ड रोड च्याम्यिन र वल्र्ड च्याम्पियनको बेल्ट प्रदान गरिने भएको छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एण्ड कर्नर नामका स्पर्धा हुँदै छन् । यसअघि काठमाडौंमा २०७३ सालमा वैशाख ४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गराइएको थियो ।