ताप्लेजुङ / नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि जितेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा बिहिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५–१७, २५–१३ र २५–१९ को सेटमा पराजित गर्यो । पूलिस साविक विजेता पनि हो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्यो ।