धरान । धरान १० स्थित चेल्सी स्नुकरले आयोजना गरेको राष्ट्रिय स्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका रेगन श्रेष्ठले जितेका छन् ।
मंगलबार सम्पन्न फाइलन खेलमा प्रथम हुँदै श्रेष्ठले १ लाख ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बिराटनगरका अमन कार्की दोस्रो हुँदै ५५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे । काठमाडौका सोम लामा तेस्रो हुँदै नगद २० हजार नगद र ट्रफी र प्रमाणपत्र प्राप्त गरे । खेलमा क्वार्टरफाइनल पुग्ने धरानको दोर्जे तामाङ र बालकुमार लिम्बूले ट्रफी र प्रमाणपत्र पाए । खेलमा देशभरका ५२ जना खेलाडीहरू सहभागी भएका थिए ।
धरानकी उपप्रमुख मन्जु भण्डारी, नेपाल बिलियार्ड स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष मिरा दाहाल, धरान १८ का वडा अध्यक्ष प्रवीण राई र धरान खेलकुद विकास समितिका सदस्य बिकास चाम्लिङलगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता जेठ १ गतेबाट शुरु भएको थियो ।