इनरुवा / धरान क्षेञमा सवारी साधान चलाउदैं मोवाइल फोनको प्रयोग गर्न अव प्रहरीले बन्देज लगाउने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियान स्वरुप मोवाइल फोन प्रयोगमा बन्देज लगाउन लागेको हो । चालकलाई मोवाईल प्रयोग गर्न नदिने अभियान जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान उपमहानगरबाट शुरु गर्ने भएको हो ।
एक हप्ताभित्र धरान उपमहानगरपालिकालाई लक्षित गरी सवारीमा मोबाइल निषेध अभियानको सुरुवात गरिने जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।
सांघुरो सडक, जनघनत्व र जीर्ण संरचनासँगै बढ्दो सवारी चापका कारण यात्रा कष्टकर बन्दै गर्दा सवारीमा मोवाइल फोन प्रयोगले झन यात्रा असुरक्षित भएकोले न्युनिकरणका लागि अभियान धरानबाट शुरु गर्न लागिएको एसपी अधिकारीले बताए । यो अभियान जिल्ला भरी चलाइने उनले बताए । अभियान अन्र्तगत प्रमुख शहरका बजारहरुमा सुरक्षाकर्मीले सचेतना कक्षा संचालन गर्ने, चेकजाँच गर्ने उनको भनाई छ । अभियानका लागि यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उद्योगी, व्यापारी र सरोकारावालासँग समन्वय गरिएको छ ।