इनरूवा । सुनसरीको इनरुवामा जेठ १७ गतेबाट रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ ।
इनरुवा इभेन्ट म्यानेजमेन्ट र इनरुवा नगरपालिकाको आयोजनामा नगरस्तरीय रात्रिकालीन फुटबल प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलन गरी जनाइयो । प्रतियोगितामा नगरका ८ वटा वडाका टिम सहभागी बन्ने म्यानेजमेन्टका संयोजक राकेश निरौलाले बताए ।
नगरको ९ र १० नम्बर वडा भने सहभागी नहुने भएको छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद २२ हजार २ सय २२ रुपैयाँसहित शिल्ड पाउने जनाएको छ ।
प्रतियोगिता संयोजक अरबिन केसीका अनुसार खेलको बेष्ट प्लेयरले ३ हजार रुपैयाँ पाउने छ भने खेलको म्यान अफ दी म्याचले नगद १५ सय र उदयमान खेलाडीले ५ हजार रुपैयाँ पाउने छ । उत्कृष्ट दर्शकलाई नगद ५ हजार सहित सम्मान समेत गरिने छ । इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता पनि हुँदै आइरहेको छ ।