Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अर्थ
अर्थ

विषादीयुक्त आँप बजारमा

ब ब्लाष्ट खबर जेठ १७, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
विषादीयुक्त आँप बजारमा

आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ ।स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् ।

कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल पाँच हजार ७५५ आँप खेतीयोग्य जग्गा छ ।

सिरहामा फल्ने आँप काठमाडाँै, विराटनगर, पोखरासहित भारतलगायत अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ । भाडा नबुझाउने उद्योगको सामान जफत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयसम्म भाडा बापतको रकम नबुझाउने उद्योगका समान जफत गरी भाडा असुल गर्न थालेको छ ।औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडा पनि नतिरेकाले कृष्णा खाद्य उद्योग, पद्मा ज्योति प्लास्टिक उद्योग, टी एण्ड कफी सेन्टर, माँ भगवती कृषि सहकारी संस्थाद्वारा सञ्चालित टमाटर प्रशोधन उद्योग र एस एण्ड इलेक्ट्रोनिक्सको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया अघि बढाएको हो ।

वर्षांैदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडाबापतको रकमसमेत नबुझाउने प्रवृत्ति बढेकाले कार्वाही गरी सेड खाली गराइएको र सामानसमेत लिलामी गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिनुभयो । खाली गराइएका सेडहरुमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको प्रमुख आचार्यले बताउनुभयो । कार्यालयका अनुसार ती उद्योगहरुबाट करीब रु ४५ लाख भाडाबापतको बक्यौता असुल गर्न बाँकी छ ।

कृष्णा खाद्य उद्योगबाट करीब रु १२ लाख, पद्मा ज्योति प्लास्टिक उद्योगबाट रु आठ लाख, टमाटर प्रशोधन उद्योगबाट रु पाँच लाख र टी एण्ड कफी सेन्टरबाट रु छ लाख र एस एण्ड इलेक्ट्रोनिक्सबाट रु आठ लाखभन्दा बढी भाडाबापतको रकम उठाउन बाँकी रहेको प्रमुख आचार्यले बताए ।

भाडा नबुझाउने सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक पटक सूचना दिँदासमेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागिएको प्रमुख आचार्यको भनाइ थियो । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्र भारत सरकारले २०५१ सालमा निर्माण गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
कार्तिक १०, २०८३
पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
कार्तिक ९, २०८३
सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
कार्तिक ९, २०८३
छापा संस्करण [ePaper]
  1. इटहरीमा जुवाको खालबाट साढे ४ लाख नगदसहित ८ जना पक्राउ
    कार्तिक १०, २०८३
  2. पानीबोट दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुल्याे
    कार्तिक ९, २०८३
  3. सप्तकोशीमा पानी बोट दुर्घटना, तीन जनाको मृत्यु
    कार्तिक ९, २०८३
  4. सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
    कार्तिक ९, २०८३
  5. धान थन्काउन किसानलाई चटारो
    कार्तिक ८, २०८३
  6. जलवायु न्यायलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
    कार्तिक ८, २०८३
  7. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  8. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  9. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  10. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  11. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  12. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  13. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  14. चोरीका गरगहनासहित महिला पक्राउ
    कार्तिक ४, २०८३
  15. हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
    कार्तिक ४, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड