भारतीय टेलिभिजन च्यानल जी टिभीको बाल रियालिटि शो सारेगमप लिटिल च्याम्प्सको सन् २०१९को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्यको शनिबार र आइतबार (आज र भोलि) प्रसारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीले मन पराएका छन् । प्रतियोगिातमा उनीहरू उत्कृष्ट ६ का लागि भिड्दैछन् । यो उनीहरूको सेमिफाइनल भिडन्त हो । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू यस चरणमा पुगेका हुन् ।
यो कार्यक्रममा सुनसरीको इटहरीका बालप्रतिभा प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुश केसी पनि प्रतिष्पर्धा गरिरहेका छन् । सारेगमपले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत् भिडियोबाट अडिसन लिएको थियो ।
आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि दिल्लिसम्म पुगेका थिए । ‘लेभल टु’ मा छानिएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ राउण्ड’ अनि ‘मेगा अडिसन’ राउण्ड हुँदै उनीहरू टप ११, टप ९ (सेमिफाइनल) मा पर्न सफल भएका हुन् ।