फिल्म ‘मारुनी’ को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको फस्टलुक पोष्टरमा मुख्य कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्कालाई देखाइएको छ । टौवा क्रिएसनले तयार पारेको पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम रहेको बुझ्न सकिन्छ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मीना क्षेत्री फिल्मका सह–निर्माता हुन् । फिल्म सञ्जय लामाले खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङसमेत रहेकी छन् । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउनेछ ।