गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्का निको नभएपछि ‘हेल्लो जिन्दगी’ फिल्ममा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् ।

उनको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि निर्माण टिमले फिल्मको छायांकन रोकेको थियो । उनी पूर्ण रुपमा निको भएपछि छायांकन सुरु गर्ने तयारीमा निर्देशक एभरेष्ट सूर्य बोहोरा थिए ।

श्वेता पूर्ण रुपमा निको हुन अझै केही समय लाग्ने भएपछि जेठ ११ गतेबाट फिल्मको पुनः छायांकन सुरु भएको छ । उनले स्वास्थ्य अवस्थाका कारण गर्न नसकेको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् ।