मधुमल्ला । मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद सँम्बा लिम्बु (कुुशल)ले अब स्थानीय स्थतरबाट नै रोजगारीका अवसरहरु सृजर्ना गर्दै आय आर्जन तर्फ अघि बढनु पर्ने बताएका छन । बिश्व वातावरणको अवसर पारेर बुधारबार मावा नुनशरी समुदायिक वन उपभोक्ता समुह मिक्लाजुङ–७ मा पर्ने देवीस्थान सिमसार उद्घाटन गर्दै लिम्बुले सो कुरा बताएका हुन ।
प्रदेश सरकार विकाससँग संगै रोजगारी सृजनामा समेत लागि परेको बताए । पर्यटन प्रवधर्न, स्वरोजगार र आयआर्जनका क्षेत्रमा प्रदेश सरकारको नजर पर्ने कुशलले बताए । मावा नुनसरी सामुदायिक वन उपभोक्ता समुहको मतहतमा रहेको देवीस्थान सिमसार संरक्षण समितिले १४ हेक्टर क्षेत्रलाई छुट्याई वृहत गुरु योजना निर्माण गरी देवीस्थान सिमसार पर्यटन संरक्षण उपभोक्ता समितिले काम गर्दै आएको कार्यक्रममा जानकारी दिइएको थियो । देवीस्थान सिमसार क्षेत्रका आकर्षणहरुमा बोटिङसहितको आर्कषक रमणीय पोखरी, यात्रु प्रतिक्षालय, फुलबारी, खेल मैदान, रेसम खेती, साकेला थान आदी रहेकाछन ।
साथै बुधबार नै प्रदेश सांसद साम्बाले बोटिङसहितको पोखरीको समेत उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले मावा नुनसरी सामुदायिक वनले देवीथान सिमसार पर्यटन संरक्षण समिति मार्फत पर्यटन विकास गरेकाेमा प्रशंसा गरे ।
मावा नुनसरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिष्णुप्रसाद गुरागाईको सभातित्वमा सम्पन्न कार्यक्रमको संचालन साव र सिमसार संरक्षण समितिका सचिब द्धय दिपीन थापा र दिपक कटुवालले गरेका थिए ।