धरान  / संघीय सरकारले इटहरीलाई स्मार्ट सिटी बनाउने योजनासँगै प्रदेश सरकारले इटहरीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ । आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको कार्य प्रारम्भ गरी आगामी ३ वर्ष भित्र सम्पन्न गरिने बताइएको छ ।
यस्तै विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिका र दमक नगरपालिकालाई पहिलो चरणमा स्वच्छ र सफा शहरको रुपमा व्यवस्थित बनाउन निजीक्षेत्र र सम्बन्धित स्थानीय तहसंगको साझेदारीमा रोड व्युटिफिकेसन कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

स्थानीय सरकार समेतको सहकार्यमा प्रदेशका कम्तीमा ५ वटा बजार केन्द्रलाई आवश्यक पूर्वाधार सहित व्यवस्थित स्वच्छ र सफा शहर वनाउन आवश्यक प्रक्रियाको थालनी गरिनेछ। प्रदेश भित्र कम्तीमा १ पर्यटकीय शहर सहित ५ सम्भाव्य ठाउँलाई स्मार्ट सिटीको रुपमा विकास गर्न विस्तृत अध्ययन गरिनेछ। कोशी गाउँपालिकामा वन्न लागेको अत्याधुनिक र सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टरको निर्माण कार्यलाई तिव्रताकासाथ अगाडी वढाइने नीति तथा कार्यक्रम उल्लेख गरिउको छ।