जिरोपोइन्ट /  शुक्रबार धरानमा युबेरी अल्ट्रा म्युजिक फिएस्टा २०७६ सम्पन्न भएको छ । धरान २ रत्न रोडमा रहेको युबेरी रेस्टुरेन्ट तथा सुकुन्डा बेङक्विटको आयोजनामा भएको उक्त म्युजिक फिएस्टामा फेसन सो समेत भएको थियो । फेसन सोको सुरुवात कल्चरल सिक्वेन्सबाट सुरु भएको थियो । फेसन सोको अर्को दुइ सिक्वेन्स क्याजुवल र समर सिक्वेन्स रहेको थियो ।
फेसन सिक्वेन्सका सो स्टपर मिस प्लस टु २०१७ सिम्रन तुलाधर थिइन । अन्य १४ जना मोडलहरुमा नोरसाङ तामाङ, रिजना तामाङ, कबिना केसी, रुपेक्षा शेर्पा, अस्मिका लिम्बु, रेस्मा गौतम, एस्थर तामाङ, अनुषा तामाङ, सिम्रन लिम्बु, क्युसा राई, प्रिया लिम्बु, प्रमिता मगर, सोना राई, स्वेता विक रहेका थिए ।
कार्यक्रममा टिना एण्ड द बर्दस र द लास्ट नोट ब्यान्डको लाइभ प्रस्तुती साथमा हाम्रो डान्स सेन्टर धरान र इटहरीको डाइनामिक डान्स सेन्टरको नृत्य प्रस्तुती समेत रहेको थियो ।
राति ११ बजेसम्म चलेको कार्यक्रममा करिब आधा घण्टाको समय डिजे जियामकोसमेत प्रस्तुति रहेको थियो ।