बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली गीतमा नृत्य गर्न पाउँदा खुशी लागेको बताएकी छन् । हालै रिलिज गीत ‘आजको साम’ मा सन्नीले नृत्य गरेकी छन् ।

नेपाली फिल्म ‘पासवर्ड’ को उक्त गीत फेसबुकमार्फत् सेयर गर्दै भनेकी छन्, ‘नेपाली फिल्म ‘पासवर्ड’ को मेरो नयाँ गीत तपाईंहरूमाझ प्रस्तुत गर्न पाउँदै असाध्यै खुशी छु ।’

उनले आफू ‘नेपालप्रेमी’ रहेको पनि उक्त फेसबुक स्टाटसमा खुलाएकी छन् । उनले भनेकी छन्, ‘मेरो नेपाल प्रेम तपाईंहरूमध्ये धेरैलाई थाहा छ । त्यसैले म नेपाली फिल्म क्षेत्रको हिस्सा हुन पाउँदा गौरवान्वित छु ।’

उनले नेपाली कलाकारहरूको पनि प्रशंसा गरेकी छन् । उनले नेपालबाट राम्रा प्रतिभाहरू उदाइरहेको बताएकी छन् ।