धनकुटा / मिसेस टप अफ दि वल्ड नेपाल, २०१९ मा विजेता तथा फोर्थ रनरअफ र मिसेस स्माईल टप अफ दि वल्र्डका उपाधी विजेता धनकुटा नगरपालिका .६ घर भै हाल काडमाण्डौंमा वसोवास गरिहेका एलिना शाक्य तुलाधरलाई धनकुटामा सम्मान गरिएको छ ।
धनकुटा नगरपालिका ५ माअवस्थित् गोकुण्डेश्वर वालमन्दिर माध्यामिक विद्यालयमा वि.सं.२०४९ सालमा कक्षा–१० अध्ययनरत एलिनालाई उनीसंगै अध्ययन गरेका छात्र–छात्रा साथीहरुले एक औपचारिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्मान गरेका हुन् । सो अवसरमा ०४९ सालमा एउटै कक्षामा अध्ययनरत साथीहरु तारा तितुङ, सुजनभाई जोशी, गोविन्द राई, गोविन्दमान श्रेष्ठ, गिता अधिकारी, रिता श्रेष्ठ, कोमल आठपहरिया लगायतले तुलाधरलाई सम्मान गरेका हुन् ।
उनीहरुले विजेता तुलाधरलाई सहभागी सहपाठी साथीहरुको तर्फवाट खादा ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए । सो अवसरमा धनकुटा महिला वचत तथा ऋण सहकारी संस्था धनकुटा–६ को तर्फवाट पनि सहकारीका अध्यक्ष तारा तितुङ तामाङले सम्मान गरे ।