धरान/ झापा मेचीनगरका प्रणित पुडासैनी यतिखेर चर्चाको शिखरमा छन् ।

प्याजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको फेसन मोडल अवार्डमा उनी टप ५ कोरियोग्राफरको रूपमा छनौट भएका कारण चर्चामा छन् ।

साउन २३ गते काठमाडौंमा हुन लागेको अवार्ड नोमिनेसनमा उनी पर्न सफल भएका हुन् । उनी विगत ५ वर्षदेखि झापामा रहेर इभेन्ट म्यानेजमेन्ट तथा कोरियाग्राफीको काम गर्दै आइरहेका छन् ।

उनले आफूलाई जिताउनका लागि भोटको अपिल गरेका छन् । उक्त फेसन एण्ड मोडल अवार्डको नोमिनेसनमा पूर्वमिस नेपालहरू सुगारीका केसी, माल्भिका सुब्बा, मिस्टर मोडल अफ दि वल्ड दिक्पाल कार्कीसहितको नाम रहेको छ । मोफसलबाट नोमिनेसनमा पर्ने पुडासैनी पहिलो व्यक्ति हुन् ।