धरान/ शनिबार राति काठमाडौंको अन्नपुर्ण होटलमा सम्पन्न मिस्टर एण्ड मिस फेस अफ मारवाडीको दोश्रो संस्करणको फाइनल मा आफ्नो उत्कृस्ट प्रतिभा प्रदर्शन गरि जजहरुको मन जितेर धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडी र काठमाडौँकी निशा अग्रवाल मिस फेस अफ मारवाडीको बिजेता बन्न सफल भएका छन् ।
दुबैले फेस अफ मारवाडीको टाइटल संगै रु ५० हजार नगद संगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । फेस अफ मारवाडीको दोस्रो सिजनमा ८ जना युवक र ८ जना युवती गरि १६ जना प्रतिस्प्रधी रहेका थिए ।
धरानको दिल्ली पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत १७ बर्षीय राहुल अग्रवालले मिस्टर फोटोजेनिक को टाइटल समेत जितेका छन् ।
त्यस्तै काठमाडौँकी सिम्रन साबू र शिवम अग्रवालले फर्स्ट रनर अपको टाइटल संगै ३० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् भने बिराटनगरकि सुनिता बर्मा र काठमाडौँका अजय खंडेलवालले सेकेन्ड रनर अपको टाइटल संगै २० हजार नगद र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । पोपुलर फेस अफ मारवाडीको टाइटल भने हर्सिता पंचारिया र निपेश जजोडिया ले जितेका छन् ।

मारवाडी समुदायको युवा युवतीको व्यक्तिव विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यका साथ पेज थ्री सर्भिसको आयोजनामा सम्पन्न फेस अफ मारवाडीको फिनाले चर्चित इन्डियन टिभी होस्ट करन कुन्द्रा र सिर्जना रेग्मीले संचालन गरेका थिए भने मिसेज इंडिया अर्थ २०१७ श्वेता चौधरी, ब्युटिसियन रुक्शा बैध श्रेष्ठ , डा. प्रमोद अग्रवाल लगायतका निर्णायकहरु रहेका थिए ।