धरान/ लोक रकब्याण्ड नेपथ्यले कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्र–सूर्य, जङ्गी निशान हाम्रो’ गीतलाई भिडियोमा ल्याएको छ ।

अम्वर गुरुङले सङ्गीतबद्ध गरेर राष्ट्रिय गीतको रूपमा ल्याएको यो गीत दशकाैँपछि भिडियोमा आएको हो । गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर यो गीत रेकर्ड गरिएको थियो । पछिल्लो समय नेपथ्यले यो गीतलाई प्रवद्र्धन गर्दै आएको छ ।

यो गीत अब नेपथ्यको आधिकारिक च्यानलमा हेर्न पाइने जनाइएको छ । ब्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले गीतलाई भिडियोमा ल्याएको बताएका छन् । दर्शकहरूको अत्यधिक रुचिलाई ध्यानमा राख्दै भिडियो उत्पादन गरिएको बताए ।