एजेन्सी/ फिल्म इण्डष्ट्रिजको कुरा गर्ने हो भने हरेक फिल्ममा पुरुष पात्र नै नायकत्वमा देखिन्छन् । अक्सर हरेक फिल्म पुरुष पात्रलाई नै अगाडि उभ्याइन्छ ।

महिला पात्रहरू निकै कम मात्रै नायकत्वको रूपमा देखिने गरेका छन् । पछिल्ला केही फिल्ममा मात्रै महिलालाई प्रमुख पात्रको रूपमा उभ्याएर फिल्म निर्माण हुने गरेको छ । जसका कारण महिला पात्रले पनि आफूलाई नायकत्वमा स्थापित गर्दै आएका छन् । यही र्याङ्कमा तापसी पन्नु पनि आउन चाहन्छिन् । उनी पुरुष पात्रलाई विस्थापित गर्न चाहान्छिन् ।

उनले एक अन्तरवार्ताका क्रममा हिरोको कुनै लिङ्ग नहुने बताइन् । उनले अहिलेसम्म निर्देशकहरूले पुरुष पात्रलाई मात्रै प्रमुखताका साथ देखाउने गरेका छन् भन्दै यो अहिले नै परिवर्तन हुन नसक्नेसमेत उनले बताइन् ।

‘केही समय लाग्छ, हिरोको कुनै जेण्डर हुँदैन । त्यो महिला पनि हुन सक्छ र पुरुष पनि हुन सक्छ । तर, हामी कहाँ प्राक्टिस नै पुरुष मात्रै हिरो हुने भन्ने छ’ –उनले अन्तरवार्ताका क्रममा भनिन् ।

उनले कुनै न कुनै दिन आफूले त्यो परिवर्तनको महसुस गर्ने समेत बताइन् । त्यसो त तापसीले हालसम्म अभिनय गरेका फिल्ममा जबर्जस्त प्रस्तुति दिन सकेकी छैनन् । उनको फिल्मले पनि कुनै जादुमयी रूप देखाउन सकेको छैन ।