छायाँकन पूर्व प्रेम गीत - ३ टिम यस्तो गर्दै छन ,
सफल चलचित्र प्रेम गीत को तेस्रो सिक्वेल प्रेम गीत - ३ को लागि यतिबेला जोड-तोडका साथमा तयारी भैरहेको छ।
चलचित्रको धेरै कलाकार फाइनल भैसकेको छ । यती बेला नेपाली सिनेबजार तताएको छ एउटा अघोसित फिल्म 'प्रेम गीत -३ ' को चर्चा ले । 'प्रेम गीत -३' अघोसित फिल्म हो । यो फिल्म को सम्पूर्ण तयारी हुँदा हुँदै पनि औपचारिक रुपमा घोषणा गरिएकोछैन । तर पनि यो चलचित्र को चर्चा दिनानुदिन चुलिदै गएको छ ।
यस् फिल्म को नायिका (गीत) को लागि अडिसन को आह्वानको कुरा ले होस् या नयाँ पुराना कलाकार इन्ट्री सबै कुराले चर्चा पाइरहदा ,अब अझ बढी चर्चा यस्को मेकिङ ले पाएको छ । यती बेला यो टिम फिल्म का मुख्य कलाकार सहित घोडा सवारीको अभ्यासमा व्यस्त छ । फिल्म का लागि सबै कलाकार हरुले आ आफ्नो भूमिका अनुसार तयारी गरिरहेकाछन ,फिल्म को वर्कसप मै यती धेरै चर्चा हुँदैछ । चाहे प्रदिप ले पालेको दारी होस् या मुख्य कलाकार ले गरेको घोडाचडी अभ्यास ।

यस बर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को छायाङ्कन दशैं लगत्तै सुरुहुने भएपनी भने तयारी तिब्ररुपमा भैरहेको छ,निर्माता सेनका अनुसार अभिनेत्री क्रिष्टिनाको साथमा मुख्य अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, सन्तोष सेन, नव–नायक मनिष राउत, प्रेम पुरी, पस्कर कार्की, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकारहरुले घोडा सवारीको अभ्यास गरिरहेका छन् ।
प्रेम गीत र प्रेम गीत -२ को सफलताको मिठो स्वाद चाखेका निर्माता सेन , प्रेम गीत -३ बाट भने केही फरक गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा नयाँ ईतिहास रच्ने तयारीमारहेको देखिन्छ , यस्का लागि मेकिङ मा कुनै पनि कसर बाँकी नराख्ने सेन ले बताएका छन ।
फिल्म यस बर्ष को अन्तिम चैत्र २८ को लागि रिलिज मिती लक भैसकेको छ । फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गर्दैछन भने छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका छन ।