बलिउड अभिनेत्री शिल्पा सेट्टी कुन्द्राले १२ वर्षपछि फिल्ममा अभिनय गर्ने भएकी छन् । उनी अभिनेता तथा गायक दिलजित दोसाँझ र यामी गौतम अभिनित फिल्मबाट पर्दामा फर्किँदै छिन् ।
४४ वर्षीया शिल्पाको अभिनयमा बन्न लागेको फिल्मको नाम भने खुलाइएको छैन । पुनरागमनमा शिल्पा फिल्मको महŒवपूर्ण भूमिकामा देखिनेछिन् । लभ स्टोरी जनराको फिल्ममा शिल्पाले लेखकको भूमिका निर्वाह गर्नेछिन् ।
यसै फिल्ममार्फत् बलिउडका फिल्म लेखक, निर्देशक तथा निर्माता अजिज मिर्जाका छोरा हारुन मिर्जाले पनि निर्देशनमा ‘डेब्यु’ गर्दैछन् । फिल्मको छायाङ्कन अगष्टबाट शुरु गरिने बताइएको छ ।
यतिबेला शिल्पा लण्डनमा छुट्टी मनाइरहेकी छन् । उनी अगष्टमा भारत आउनेबित्तिकै सुटिङ शुरु गर्ने बताइएको छ । शिल्पा लामो समयदेखि रियालिटी शोमा निर्णायकका रूपमा देखिँदै आएकी छन् । उनी फिटनेस एप्स र विभिन्न रियालिटी शोबाट पनि दर्शकमाझ चर्चामा छिन् ।