कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले फिल्म निर्माण गर्ने भएका छन् ।
रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेकै मुख्य भूमिका रहने बताइएको छ ।
फिल्मको नाम शुरुमा ‘एन्टीभाइरस’ राखिएको थियो । तर, अहिले नाम परिवर्तन भएर ‘छलकपट’ राखिएको बुझिएको छ । फिल्ममा दयाहाङ राईको पनि भूमिका रहनेछ ।