अभिनेत्री पूजा शर्मा बेला–बेला चर्चामा छाइरहन्छिन् । अहिले उनी नयाँ फिल्मका लागि महँगो पारिश्रमिक लिएको भनेर चर्चामा छिन् ।

दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी उनले २० लाख पारिश्रमिक लिएको चर्चाले फिल्म क्षेत्र गर्माएको छ ।

फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन । नेपाली अभिनेत्रीमा महँगो पारिश्रमिक लिएर उनी नम्बर एक नायिका बनेको उनी निकटकाहरूले चर्चा गरिरहेका छन् भने अरू फिल्मकर्मीले भने यो उनको स्टण्ट मात्र रहेको चर्चा गरिरहेका छन् ।

खबरका अनुसार उक्त फिल्मको सुटिङ तिहारपछि शुरु गरिनेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।