बलिउड अभिनेत्री कृति सेनन अभिनित ‘अर्जुन पटियाला’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।
सिनेमाबाट उनले प्रशंसा बटुलेकी छन् भने बक्सअफिसमा पनि सिनेमाले राम्रो शुरूवात गरेको छ । सिनेमाका बारेमा सुखद् समाचार सुनिरहेकी कृतिले डेटिङ जान नपाएको गुनासो गरेकी छन् ।
उनले आफूलाई इच्छा भए पनि अभिनेता वरूण शर्माका कारण कोहीसँग डेटिङ जान सम्भव नभएको खुलासा गरेकी हुन् । उनले शर्मा आफूलाई लिएर एकदमै रक्षात्मक रहेकाले डेटिङ जान नपाएको बताउँछिन् ।
‘वरूण मलाई लिएर एकदमै रक्षात्मक छन् र उनले मलाई कहिले कसैलाई डेट गर्न दिने छैनन्’ –कृतिले गुनासो गर्दै भनिन् ।

यसैगरी उनले भोलिका दिनमा कसैलाई डेट गरेपनि त्यसलाई सार्वजनिक नगर्ने पक्षमा आफू रहेको बताइन् । उनका अनुसार यसको जानकारी केवल उनका नजिकका व्यक्तिहरूलाई हुनेछ, किनकी उनी आफ्नो प्रेमका बारेमा कोही अञ्जान व्यक्तिको धारणा चाहन्न् ।
‘अर्जुन पटियाला’ पछि कृति अक्षयकुमारको ‘हाउसफुल ४’ मा देखिनेछिन् ।
–एजेन्सी