सलमान खानले अभिनय गर्ने फिल्म ‘इन्साल्लाह’ ले निर्माणअघि नै १ सय ९० करोड भारु कमाएको छ । सञ्जय लीला भन्सालीले निर्माण गर्ने फिल्मको थियट्रिकल राइट्स १ सय ९० करोड भारुमा बिक्री भएको छ ।

भन्साली र सलमान खानले २ दशकपछि एकसाथ काम गर्न लागेको यो फिल्मको अहिले बलिउडमा चर्चा छ । यो फिल्ममा पहिलोपटक सलमान र आलिया भट्टले मुख्य भूमिकामा अभिनय गर्दैछन् ।

सन् २०२० मा रिलिज हुने बताइएको यो फिल्म भन्सालीले थिएटरमा फिल्म देखाउने राइट्स मात्र १ सय ६५ करोड भारुमा बेचेका छन् । यस्तै प्रचार र विज्ञापनका लागि भने छुट्टै २५ करोड भारु लिएका छन् । यो फिल्मको डिजिटल राइट्समा पनि महँगो रकममा बिक्री हुने अनुमान गरिएको छ ।