काठमाडौंमा सम्पन्न मिस टिन अफ द इयर २०१९ सिजन ४ को उपाधि सोलुखुम्बुको प्रतिभा राईले जितेकी छन् ।

रिबन इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा विजेता बनेकी प्रतिभाले उपाधिसहित मोबाइल र विभिन्न उपहार जितिन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भ्युवर्सको टाइटलसमेत जितिन् ।

त्यसैगरी प्रतियोगितामा फस्ट रनर अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेण्ड रनर्स अप तथा फेसबुक च्वाइस सुबिना राईले जितेका थिए । प्रतियोगितामा बेस्ट र्याम्पवाक र बेस्ट स्किन साम्राज्ञी पोख्रेल, बेस्ट स्माइल प्राश्ना राई, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राईले प्राप्त गरे ।