अभिनेत्री सुरक्षा पन्तलाई नेपाली फिल्म क्षेत्रमा फरकरूपमा हेरिन्छ । कामप्रतिको उनको लगावको चर्चा चल्छ ।
उनै अभिनेत्री सुरक्षाले नयाँ फिल्म ‘आमा’ का लागि कपाल मुण्डन गरेकी छन् । फिल्ममा कथाले मागेकाले मुण्डन गरेको उनले बताइन् ।
दीपेन्द्र के खनाल निर्देशित फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ ।
डीएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मले आमा र छोरीको कथालाई उठान गर्नेछ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ कै नाम सापटी लिँदै तयार पारिएको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्र्दैिछन् । फिल्म फागुन ९ बाट प्रदर्शनमा आउने बताइएको छ ।