फोब्र्स म्यागेजिनको सूचीअनुसार हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाइ गर्ने गायिकामा परेकी छन् ।

फोब्र्सले बिहीबार सार्वजनिक गरेको धेरै कमाइ गर्ने गायक र गायिकाहरूको सूचीमा टेलर पहिलो नम्बरमा परेकी हुन् । फोब्र्सका अनुसार सबैभन्दा धेरै कमाइ गर्ने टेलरको सालाखाला आम्दानी १ सय ८५ मिलियन डलर रहेको छ ।

उनको एक दिनको कमाइ ५ दशमलव ६ लाख डलर रहेको छ । उनीपछि दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाइ गर्नेमा बियोन्से र तेस्रोमा रिहाना रहेकी छन् ।

फोब्र्सले अघिल्लो महिना संसारमै सबैभन्दा धेरै कमाइ गर्ने सेलिबे्रटीको सूची जारी गरेको छ । त्यसमा पनि टेलर स्विफ्ट यसमा पहिलो नम्बरमा थिइन् । यस सूचीमा दुई जनामात्रै महिला समावेश भएका थिए । जसमा टेलर स्विफ्टभन्दा पछाडि अमेरिकी रियालिटी स्टार तथा मोडेल काइली जेनर थिइन् ।

रिपोर्टको अनुसार टेलरसँग ६ सय करोडभन्दा बढी अचल सम्पत्ति रहेको छ । उनीसँग चार वटा अलग–अलग राज्यमा ८ भन्दा बढी महल रहेका छन् । टेलरले आफ्नो कमाइको ठूलो हिस्सा रियलस्टेटमा लगानी रहेको छ ।