धरान । नेपाली लाेक गायनकाे हालसम्मकै सर्वाधीक ठूलो नगद राशी उपहार रहेको नेपाल लोक स्टार गायन रियालिटी शो प्रशारणमा अाएकाे छ । नेपालका  विभिन्न भुगोल भाषा र समुदायकोले गाउन लोक गीतहरूमा  दखल राख्नेहरुको लागि सुवर्ण अवसर भएको छ ।  देशको लोक संस्कृती र मैलिक भाकाहरूको संरक्षण गर्ने गरी गरीएको प्रसारणमा आएको यो कार्यक्रमलाई हुट्टै महत्वकासाथ हेरीएको छ । 

‘नेपाल लोक स्टार’को पहिलो सिजन चलीरहदा भोजप्रर जिल्लाका दिपेन्द्र राई उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।

 राईले इटहरीमा भएको प्रदेश नम्बर १ को अडिसनबाट छनोट भएका हुन । सानै देखी गीत संगीतमा  रुचि राख्ने राई माेफसलमा बसेर विशेषगरी पूर्वी भाकाका गीतहरू गाउदै अाइरहेका छन् । 

उनले  पूर्वाञ्चल संगीत विद्यालयमा प्रशिक्षक पनि लिएका थिए भने अहिले अल्फा म्युजिक स्कूलमा गणेश रिजालको शास्त्रीय संगीतका विद्यार्थी हुन् । 

नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।