धरान/ लोटस विद्या विहारबाट हालै पासआउट भएकी प्रज्ञा भण्डारी ‘मिस टिन–२०१९’ मा ताज जित्न सफल बनेकी छन् ।

काठमाडौं जेसीजले गरेको प्रतियोगितामा उनी सेकेण्ड रनरअप बनिन् । धरान जेसीजले गरेको मिस एसईईमा विजेता बन्दै उनी मिस टिनमा सहभागी बनेकी थिइन् । सोझै मिस टिनको अवसर प्राप्त गरेकी उनले त्यहाँ पनि आफूलाई सावित गरेकी छन् ।

हाल उनी धरान आदर्श कलेजमा व्यवस्थापन सङ्कायमा कक्षा ११ मा अध्ययरत छिन् । फाइनल स्पर्धामा २१ प्रतिस्पर्धीमध्ये उनी सेकेण्ड रनरअप हुन सफल बनेकी हुन् ।

प्रतियोगितामा ललितपुरकी सिण्डी बज्राचार्यले ताज जितेकी थिइन् । त्यस्तै फस्ट रनरअपमा सविना कार्की बनेकी थिइन् । धरान जेसीजले उनलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको हो ।