धरान/ सामाजिक सञ्जालमा सेलिब्रेटी बनेकी रानु मण्डलका विषयमा भारतकी लेजेण्ड गायिका लता मङ्गेशकरले मुख खोलेकी छन् ।
लताको स्वरमा रहेको ‘एक प्यारका नगमा हे’ गीतमा स्वर भरेकी रानुलाई लताले ‘नक्कल गरेर सधैँका लागि चर्चित’ हुन नसकिने प्रतिक्रिया दिएकी हुन् ।
भारतीय एक पत्रिकालाई प्रतिक्रिया दिँदै लताले रानुबारेमा टिप्पणी गरेकी हुन् । उनले भनेकी छन्, ‘यदि मेरो नाम र कामले कसैलाई राम्रो भइरहेको छ भने म आफूलाई निकै भाग्यमानी ठान्छु ।’